प्रदेश- १ का मुख्यमन्त्री आचार्यद्वारा राजीनामा
काठमाडौं । प्रदेश नम्बर एकका मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिनु भएको छ । अल्पमतमा परेपछि आचार्यले आज मुख्यमन्त्रीबाट राजीनामा दिएको घोषणा गर्नु भएको हो । सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गर्नु भएको हो। प्रदेशसभामा राखिएको विश्वासको मतसम्बन्धी प्रस्तावलाई मतदानमा लैजानुअघि नै आचार्यले राजीनामाको घोषणा गर्नु भएको छ ।
‘उहाँले अंकगणितले मेल नखाएकाले राजीनामाको घोषणा गरेको बताउनु भएको छ । आचार्यले जुनसुकै सरकार आए पनि एमालेको रचनात्मक सहयोग हुने उनले बताए । उनले अब प्रदेश प्रमुख समक्ष गएर राजीनामा पत्र बुझाउने बताउनु भएको हो । आचार्य ६८ दिनमै मुख्यमन्त्री गुमाउनु भएको हो ।
प्रदेश नम्बर एकमा ९२ सदस्यीय प्रदेशसभामा एमालेसँग सभामुखसहित ४१ सांसद छन् । त्यस्तै कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, ,जनता समाजवादीका ३ जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन् ।