सरकारले फुटबलमा लगानी बढाउने मुख्य प्रशिक्षक अलमुताइरीकाे विश्वास
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाल सरकारले फुटबलमा लगानी बढाउने विश्वास व्यक्त गर्नु भएकाे छ ।
शनिबार राति नेपाल आईपुगेपछि विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै अलमुताइरीले नेपाल सरकारले फुटबलमा लगानी बढाउने विश्वास व्यक्त गर्नुभएकाे छ ।
अलमुताइरीले साफ च्याम्पियनसिपपछि नेपाली फुटबल समर्थकहरु उत्साहित भएको र यसले गर्दा सरकारले नेपाली खेलाडीका लागि लगानी बढाउनेमा आशावादी रहेको बताउनु भयाे ।
‘मलाई लाग्छ सरकारले नेपाली फुटबल खेलाडीका लागि लगानी बढाउने छ । त्यसैले मलाई लाग्छ हामी केही गर्न सक्छौ,’ अलमुताइरीले भन्नुभयाे ।
साफमा भारतसँग पराजित हुँदै उपविजेता बनेको थियो । तर अलमुताइरीले अब साफ जित्ने विश्वास व्यक्त गर्नुभयाे ।
‘हामी यस पटक उपविजेता भयौ । हाम्रो उदेश्य आगामी संस्करणको साफ च्याम्पियनसिप जित्नु हो । र यसका लागि हामीले मेहनत गर्नुपर्छ,’ अलमुताइरीले थप्नु भयाे ।