मंगलबार, असोज १६, २०८०

समाजवाद नबुझेर एमालेबाट फुटेर गएको चुइटोले पार्टीको नाम समाजवादी:  ओली

फ्ल्यासन्युज नेपाल२०७८ कार्तिक १३ गते १४:३३

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व सहकर्मी एवम् नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल एमाले बिर्गान कुदेको बताउनु भएको छ । आज (शनिबार) सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपाल एमाले बिगार्न माधव नेपाल देश दौडाहामा रहेको बताउनु भएको हो ।

अध्यक्ष ओलीले भने, ‘बिचरा माधव नेपाल कुदेंको देख्दा माया लाग्छ। कहिले पोखरा, कहिले धरान, कहिले धनकुटा, कहिले बाग्लुङ।’ ‘माधव नेपाल देश बनाउन होइन एमाले बिगार्न कुदेका हुन्। एमालेलाई कसैले मास्न सकेन। ’ राणा शासनले समेत एमाले विगार्न नसकेको भन्दै टिप्पणी गर्नु भएको छ ।

उहाँले भन्नु भयो, , ‘हामी देश बनाउने अभियानमा छौं। उनीहरु धनी हुन गएका हुन्। हाम्रो कार्यक्रम समाजवाद उन्मुख कार्यक्रम रहेको छ। हामी कार्यकर्ताहरुले समाजवादका बारेमा स्पष्ट पारिदिनुपर्छ। ’ उहाँले समृद्ध नेपाल बनाउने र नेपालीलाई सुखी बनाउने भनेकै समाजवाद रहेको दाबी गर्नु भयो । माधव कुमार नेपाल प्रति खनिएका ओलीले भन्नुभयो, ‘समाजवाद नबुझेर एमालेबाट फुटेर गएको चुइटोले पार्टीको नाम समाजवादी राखेका छन्।

तपाइँको प्रतिक्रिया