शनिबार, असोज १३, २०८०

एमालेको १० औं महाधिवेशनमा १ हजार ९ सय ९९ जना प्रतिनिधिहरु सहभागी हुन पाउने

फ्ल्यासन्युज नेपाल२०७८ कार्तिक १२ गते १९:१०

काठमाडौं । नेकपा एमालेले १०औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या बढाएर १ हजार ९ सय ९९ जना पु¥याएको छ । आजको केन्द्रीय कमिटीको बैठकले महाधिवेशन प्रतिनिधिको संख्या १ हजार ९ सय ९९ पु¥याएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

यसअघि हिजो बसेको स्थायी कमिटी बैठकले १ हजार ५ सय ३६ प्रतिनिधि सहभागी गराउने प्रस्ताव गरेको थियो । केन्द्रीय सदस्यहरुले संख्या बढाउन माग गरेपछि ४ सय ३६ प्रतिनिधि थप्ने निर्णय गरेको हो ।

स्थायी कमिटीले हरेक निर्वाचन क्षेत्रबाट १५ सय संगठित सदस्यबाट दुई खुला र एक महिला महाधिवेशन प्रतिनिधि चुन्ने निर्णय गरेको थियो । यसमा केही हेरफेर हुने एमालेले जनाएको छ । महाधिवेशन प्रतिनिधि चयनका लागि देशभर कात्तिक २७ गते निर्वाचन गर्ने केन्द्रीय कमिटीको निर्णय छ ।

तपाइँको प्रतिक्रिया