मंगलबार, असोज १६, २०८०

पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७८ कार्तिक १२ गते १५:५६

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार तीन सय ८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसीआर परिक्षण ७ हजार १ सय ४५ जना र २ हजार ६ सय १ जनामा एन्टिजन विधि मार्फत परिक्षण गर्दा उक्त जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालय जनाएको छ ।नेपालमा हाल सम्म १० हजार एक सय ५१ जनामा सक्रिय संक्रमित रहेका छन् ।

तपाइँको प्रतिक्रिया