सोमबार, असोज १५, २०८०

नेपाल बारमा परिसरमा वकिल कुटिए

फ्ल्यासन्युज नेपाल२०७८ कार्तिक १२ गते १४:००
काठमाडौं । नेपाल बार एसोशिएसनमा वकिलहरुबीच कुटाकुट भएको छ । इजलास बहिस्कार गर्ने वकिल विरुद्ध बोल्ने वकिल बार परिसर भित्रै कुटिएका हुन् । आज (शुक्रबार) नेपाल बार एसोसिएसनमा बैठक जारी रहँदा परिसरमा कानुन व्यवसायी कुटिएका हुन्। अधिवक्ता भूमिनन्द चुडालले सर्वोच्च अदालतमा इजलास सञ्चालन हुनुपर्ने भन्दै विभिन्न सञ्चार माध्यमहरुलाई अन्तर्वार्ता दिँइरहँदा अर्का अधिवक्ता विराट न्यौपानेले उहाँ माथि निर्घात कुटपिट गर्नु भएको हो ।
‘मिडियामा न्यायालयविरुद्ध किन बोलिस् भन्दै ममाथि हातपात गरियो’, चुडाँलले बार परिसरमा सञ्चारकर्मीलाई जानकारी दिनु भएको छ ख। सँग भने । दुवै अधिवक्ता नेपाली कांग्रेसको शुभेच्छुक संस्था डेमोक्रेटिक लयर्स एसोसिएसन आबद्ध रहेका छन् । पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर बारले आन्दोलन गर्ने चेतावनी दिएको छ। न्यायाधीशहरुले पनि इजलास बहिष्कार गर्दै आएका छन्। तर, कानून व्यवसायीहरु प्रधानन्यायाधीश जबराको राजीनामाको पक्ष र विपक्षमा उभिएका छन् ।

तपाइँको प्रतिक्रिया