आइतबार, असोज १६, २०७९

विश्वका घुम्नैपर्ने १० उत्कृष्ट देशको सूचीमा नेपालको नाम सूचिकृत

फ्ल्यासन्युज नेपाल२०७८ कार्तिक १२ गते १०:३०

काठमाडौं । विश्वमा सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट देशको सूचीमा नेपालको नाम पनि सुचकृत भएको छ । नेपालको नाम ८ औं नम्बरमा सुचकृत भएको छ ।

विश्वका पर्यटकीय गन्तव्यबारे जानकारी दिने ट्राभल गाइडबुक लोन्ली प्लानेटले उत्कृष्ट १० देशको सूचीमा नेपाललाई पनि राखेको छ ।

उत्कृष्ट १० देशको सूचीमा नेपाल आठौँ स्थानमा छ । नेपालको अगाडि सातौँ स्थानमा ओमान र पछाडि नवौँ स्थानमा मलावी छ ।

 

घुम्नका लागि विश्वकै उत्कृष्ट देशको पहिलो नम्बरमा कुक आइल्यान्ड छ । यस्तै, दोस्रोमा नर्वे, तेस्रोमा मोरिसस छ । कोरोना भाइरसको महामारीका कारण ठप्प भएको पर्यटन क्षेत्र बिस्तारै चलायमान हुँदैछ ।

पर्यटन क्षेत्रमा चहलपहल सुरु भएका बेला लोन्ली प्लानेटको सूचीमा पनि नेपाल उत्कृष्ट १० भित्र परे पछि पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

तपाइँको प्रतिक्रिया