चुनावसँग गठबन्धन सँग तालमेल गर्छौं :नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले गठबन्धनलाई आगामी चुनावसम्मै कायमै राखिने बताएका छन्।
राष्ट्रिय सभा सदस्यका लागि रिक्त पदमा हुने चुनाव, प्रतिनिधि सभा र प्रदेश सभामा रिक्त सदस्यका लागि हुने उपनिर्वाचन तथा अब हुने स्थानीय तह निर्वाचनमा अरू पार्टीसँग तालमेल गरिने उनले बताए।
उनले पार्टीहरूसँग चुनावी सहकार्य हुने पनि बताएका छन्। तर पार्टीले तत्काल कसैसँग पनि एकता भने नगर्ने अध्यक्ष नेपालले बताए।
आज धनगढीमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले जनतामा स्थापित र लोकप्रिय नेतालाई मात्रै पार्टीले आगामी चुनावमा टिकट दिने बताएका छन्।
उनले सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) ठूलो दल बनाउन सफल भएको पनि बताएका छन्। जनताले आफूहरूको पार्टीलाई माया गरेको पनि उनको भनाइ थियो।
नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई महाअभियोग लगाउनेबारे सत्तारूढ गठबन्धनभित्र छलफल नभएको बताएका छन्।