मंगलबार, असोज १६, २०८०

बागमतीकी मुख्यमन्त्री शाक्यद्वारा राजीनामा

फ्ल्यासन्युज नेपाल२०७८ कार्तिक १० गते १४:४४

काठमाडाै । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने घोषणा गरेकीगर्नु भएको छ मुख्यमन्त्री शाक्यले प्रदेश सभा बैठकमा सम्बोधन गर्दै राजीनामाको घोषणा गर्नु भएको हो ।

विश्वासको मत लिने प्रस्तावमाथि मतविभाजन गर्न आज प्रदेश सभा बैठक बसेको थियो। विश्वासको मत नपाउने निश्चित भएपछि उहाँले मुख्यमन्त्री पदबाट राजीनामा दिनु भएको हो ।

‘मुख्यमन्त्रीको नाताले मैले मार्गप्रशस्त गरेकी छु,’ उहाँले भन्नु भयो, ‘आगामी दिनमा मिलेर अगाडि बढ्न यही बाटो ठिक हुन्छ भन्ने एमालेलाई लाग्यो। मन्त्रीहरू र दलको बैठक पनि बसियो। यसैगरी जाँदा राम्रो हुन्छ भनेर मार्गप्रशस्त गरेकी छु।’

नेकपा एमालेकी उपाध्यक्षसमेत रहेकी शाक्य भदौ २ मा मुख्यमन्त्री बनेकी थिइन्। मुख्यमन्त्री बनेदेखि नै उनी अल्पमतमा परेकी थिइन्। उनले अल्पमतकै भए पनि सरकार चलाएको र प्रभावकारी काम गरेको दाबी गरेकी थिइन्।

उनले आफूलाई सहयोग गर्ने सबैलाई धन्यबादसमेत दिनु भएको छ ।

तपाइँको प्रतिक्रिया