मंगलबार, असोज १६, २०८०

१० बुँदे भन्ने साथीहरुलाई ओलीले फेरी हरिविजोग गरिदिए: नेपाल

फ्ल्यासन्युज नेपाल२०७८ कार्तिक ६ गते १७:३१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १० बुँदे सहमति गरेर एमालेमै बस्नेको विजोग भएको टिप्पणी गर्नु भएको छ । विगतमा आफ्नै सहकर्मीहरुलाई ब्यङ्ग्य गर्दै अध्यक्ष नेपालले १० बुँदे कार्यान्वयन गर भन्नेहरुलाई ओलीले हेप्न थालिसकेको बताएका छन् ।

शनिबार सिन्धु काठमाडौं सम्पर्क मन्चद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेपालले १० बुँदे भन्ने साथीहरुकोे पार्टीमा कुनै मर्यादा र सम्मान नपाएको बताउनु भएको छ । उहाँले आगामी निर्वाचनमा केपी ओली गुटलाई समाप्त पार्ने दावी गर्दै बागमती र प्रदेश १ मा छिट्टै सरकार ढल्ने उद्घोष गरे ।

बागमतीमा राजेन्द्र पाण्डेको नेतृत्वमा नयाँ सरकार बन्ने र अन्य पार्टीहरुसँग सहकार्य गरेर निर्वाचनमा जाने बताएका छन् । प्रदेश १ मा यही हप्ता राजेन्द्र राईको नेतृत्वमा नयाँ सरकार बन्न र सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल र एमाले चौथो दल भएको समेत बताएका छन् ।

तपाइँको प्रतिक्रिया