सोमबार, असोज १५, २०८०

थप ८ जना कोरोना संक्रमितको मृत्यु, ५४५ जना संक्रमित थपिए

फ्ल्यासन्युज नेपाल२०७८ कार्तिक ४ गते १६:५९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५४५ जना कोरोना संक्रमित थपिएका छन् । गत २४ घण्टामा ६ हजार ५८६ पीसीआर तथा १९६३ एन्टिजेन परीक्षण गर्दा ५४५ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ३ सय २६ पुगेको छ ।

बिहीबार ७२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ११ हजार ३१५ सक्रिय संक्रमित रहेका छन् ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २१४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १४७, ललितपुरमा ५१ र भक्तपुरमा १६ जना संक्रमित थपिएका हुन् ।

तपाइँको प्रतिक्रिया