मंगलबार, असोज १६, २०८०

बाढी पहिरोका कारण ठूलो धनजनको क्षति भएसँगै प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको बैठक

फ्ल्यासन्युज नेपाल२०७८ कार्तिक ३ गते १२:५४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। देशैभर लगातारको वर्षापछि आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।

बैठक दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। आजको बैठकमा बाढीपहिरोले देशभर पुर्‍याएको क्षतिका विषयमा छलफल केन्द्रित हुने तथा उद्धार, राहत र पुनःस्थापना लगायतका विषयमा छलफल हुने बताइएको छ।

आजको बैठकले बाढीपहिरो प्रभावितहरुका लागि केही महत्त्वपूर्ण निर्णय हुनसक्ने बताइएको छ। मन्त्रिपरिषद्को बैठकअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बस्नेछ। दिउँसो १ बजे सिंहदरबारमा नै बैठक बस्ने बताइएको छ।

तपाइँको प्रतिक्रिया