शनिबार, असोज १३, २०८०

प्रदेश १ का जिल्लाहरुमा विद्युत आपूर्ति बन्द,विराटनगर विमानस्थल जलमग्न

फ्ल्यासन्युज नेपाल२०७८ कार्तिक ३ गते १२:४८

सोमबारबाट परिरहेको अविरल वर्षाका कारण सुनसरीको दुहवीस्थित सबस्टेसन डुवानमा परेको छ । प्रदेश नम्बर १ का जिल्लाहरुमा विद्युत आपूर्ति गर्ने मुख्य दुहवी सबस्टेसन डुवान परेपछि मंगलबार साँझबाट मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायतका जिल्लाहरुमा विद्युत आपूर्ति बन्द भएको छ । सबस्टेसन डुवानमा परेपछि अहिले त्यहाँबाट विद्यत् आपूर्ति हुने लाइन काटिएको विद्युत् प्राधिकरणले जनाएको छ । विद्युत आपूर्ति कहिलेबाट सुचारु हुन्छ भन्ने एकीन भएको छैन ।

विराटनगर बिमानस्थल

निरन्तरको वर्षाका कारण केसलीया खोलामा आएको बाढी विराटनगर विमानस्थलमा पसेको छ । बुधबार बिहान विमानस्थलमा बाढी पसेको हो । विमानस्थलको रनवे र पार्किङ एरिया जलमग्न भएको विमानस्थलले जानकारी दिएको छ । विमानस्थलमा बाढी पसेपछि विराटनगरबाट हुने उडान प्रभावित भएको छ ।

तपाइँको प्रतिक्रिया