शनिबार, असोज १३, २०८०

ठाउँ ठाउँमा बाढी पहिरो, ३३ जना बेपत्ता, तीन सय भन्दा बढी परिवार विस्थापित

फ्ल्यासन्युज नेपाल२०७८ कार्तिक ३ गते ९:३५

काठमाडौं । विभिन्न ठाउँमा भएको पहिरोमा पुरिएर ३२ जना बेपत्ता भएका छन् भने तीन सय ४० जनाको परिवार विस्थापति भएको छ ।

बझाङमा पहिरा जाँदा २३ जना बेपत्ता छन् । थलारा गाउँपालिका–४ को डिख्लामा हिजो बिहान पहिरो जाँदा चार परिवारका २३ जना बेपत्ता भएका छन् भने ३ सय परिवार विस्थापित भएका छन् ।

हुम्लाको खुर्पुनाथ गाउँपालिका खर्पेलको पहिरोमा परी एकै परिवारका ६ जना बेपत्ता भएका छन् । त्यस्तै जुम्लामा बाढीले बगाएर एक जना बेपत्ता भएका छन् । कैलालीमा कर्णाली नदीमा माछा मार्न गएका तीन जना बेपत्ता भएका छन् ।

जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का ६१ वर्षीय खडकबहादुर घर्तिमगर, ३५ वर्षीय विक्रम घर्तिमगर र २६ वर्षीय खडक रानामगर बेपत्ता भएका हुन् । उनीहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

त्यस्तै, माई खोलामा आएको बाढीले झापाको गौरीगञ्ज गाउँपालिकाको भाकुरमारी वस्ती डुवानमा परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरीगञ्ज गाउँपालिका २ मा
रहेको सो वस्ती डुवानमा पर्दा ४० घर विस्थापित बनेका छन् ।

तपाइँको प्रतिक्रिया