सरकार र आमरण अनसनरत रुवी खानबीच सहमति
फ्ल्यासन्युज नेपाल२०७८ कार्तिक २ गते १५:०८
काठमाडौँ । बाँकेबाट पैदल हिँडेर आई काठमाडौँमा अनसन थालेका पीडित परिवार तथा महिला अधिकारकर्मी र सरकारबीच सहमति भएको छ । मंगलबार बिहान भएको छलफलमा अधिकारकर्मी र सरकारबीच छानबिन समिति बनाएर त्यसले दिने प्रतिवेदनका आधारमा दोषीलाई कारबाही गर्ने सहमति बनेको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
गृहका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति बनाउने सहमति भएको हो । यससँगै आन्दोलनको नेतृत्व गरेकी अस्पतालमै अनसनरत रुबी खानले अनसन अन्त्य गर्ने घोषणा गरेकी छन् । उनका अनुसार सहमतिबारे अहिले माइतीघर मण्डलामा पत्रकार सम्मेलन गरेर जानकारी दिन लागिएको छ ।