गृहमन्त्री खाँडद्वारा महासचिव वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी
फ्ल्यासन्युज नेपाल२०७८ कार्तिक २ गते १३:२६
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको छ ।
आज बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगेर मन्त्री खाँणले वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको हो । सो क्रममा मन्त्री खाँणले सरकारको तर्फबाट नेता वैद्यको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुहुँदै अस्पताल प्रशासन र उहाँको उपचारमा संलग्न चिकित्सकलाई उपचारमा कुनै कमी नगर्नसमेत आग्रह गर्नुभयो ।
वैद्यको उपचारमा संलग्न चिकित्सकले उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाउनुभएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि सहासचिव वैद्य गत आइतबार अस्पताल भर्ना हुनुभएको थियो ।