मंगलबार, असोज १६, २०८०

थानकोटमा ग्याँस ट्यांकर दुर्घटना हुँदा सयौं सवारीसाधन बीच बाटोमै अलपत्र

फ्ल्यासन्युज नेपाल२०७८ कार्तिक २ गते ९:४०

काठमाडौं । काठमाडौंको थानकोटमा ग्याँस ट्यांकर दुर्घटना हुँदा सयौं सवाराीसाधन बीच बाटोमा नै रोकिएका छन् ।

धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको ट्यांकर थानकोट नजिक पिपलामोडमा पल्टेको हो ।

आज राती भएको उक्त दुर्घटनाका कारण राजधानीबाट बाहिर जाने र भित्रिने सवारीसाधन र यात्रुहरु अलपत्र परेका हुन् ।

बाटो खुलाउने प्रयास भइरहेको ट्राफिक कार्यालय थानकोटले जानकारी दिएको छ । बाटो सञ्चालनमा आउन केही समय लाग्ने भएको छ ।

तपाइँको प्रतिक्रिया