भर्जिनियामा बृहत दशैँ तिहार मेला २०२१ हुने
अमेरिकाको भर्जिनिया राज्यको मनासस शहरमा हुने बृहत दशैँ तिहार मेलामा वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई सम्मान गरिने भएको छ । अमेरिकाको निजि भ्रमणमा आउनु भएका श्रेष्ठ यतै डिसी महानगर क्षेत्रमा बसोबास गर्नु हुने भएकोले अक्टोबर २३ तारिखका दिनमा गरिन लागेको कार्यक्रम “बृहत दशैं तिहार मेला”२०२१ मा उहाले पुर्याउनु भएको योगदानको उच्च कदर गर्ने सम्मान गरिने राहुल केशी बताए ।
र केसीले आफ्नो सामाजिक संजालमा समेत जानकारी गराएका छन् । उक्त कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ९इनास ०भर्जिनिया तथा नेपाली अमेरिकन सामुदायिक केन्द्र९न्याक०ले सयुक्त रुपमा आयोजना गर्ने भएको हो ।
प्रस्तुति गर्ने कलाकारहरुले धमाधम सामाजिक संजाल मार्फत दर्शकहरुलाई सहभागी हुन् आग्रह गर्नुको साथै आफ्ना भनाई र छोटो प्रस्तुति दिई रहेका छन् ।
उक्त कार्यक्रम आगामी अक्टोबर २३ का दिन शनिबार हुनेछ । मनासस शहरको रोज गोल्ड इभेन्ट्स सेन्टरमा हुनेछ भने थप जानकारी चाहिएमा आयोजकको तर्फबाट राहुल केशी तथा बिना खड्का लामासंग सम्पर्क गर्न सकिने छ ।
दशैं तिहार मेलामा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुको साथमा स्थानिय प्रतिभाहरुको समेत प्रस्तुति हुनेछ । साथै उक्त कार्यक्रममा नेपाली खानाका प्रदर्शनी कक्ष ,किनमेलका प्रदर्शन कक्ष लगायत बिभिन्न जानकारी मूलक प्रदर्शनी कक्षहरु समेत रहने छन् ।
आयोजकका तर्फबाट राहुल केसीले उक्त कार्यक्रमको लागि चर्चित गायक तथा नायक बाबु बोगटी ,चर्चित गायिका अन्जना गुरुङ,चर्चित गायिका आभा मुकारुंग ,चर्चित हास्य कलाकार गोपाल फिस्टे, बिन्ति कुमार गुरुङ ,कल्पना देवकोटा ,रुबी पौडेल ,अपेक्षा सिंह ,अर्जुन घिमिरे ,रिता श्रेष्ठ लगायत राहुल केसी ,केसी डान्स सेन्टरका नबिन केसी तथा लुना श्रेष्ठ लगायतको प्रस्तुति गर्नेछन् ।