शनिबार, असोज १३, २०८०

मोतीपुर घटना, मृतकको संख्या ४ पुग्यो, मृतकको संख्या अझै बढ्दै सक्ने

फ्ल्यासन्युज नेपाल२०७८ असोज २४ गते १९:४०

काठमाडौं । बुटवलमा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमणको विषयमा आइतबार भएको झडपमा ४ जनाको मृत्यु भएको छ । घटनामा दुई दर्जनभन्दा बढी घाइते भएका छन्

युनिभर्सल कलेज अफ मेडिकल साइनसेज भैरहवामा उपचारका लागि गएका ८ जना अतिक्रमणकारी र ५ प्रहरीमध्ये ४ जना अतिक्रमणकारीको मृत्यु भएको छ,ु अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरूङले कान्तिपुरलाई जानकारी दिए । उनका अनुसार ३ जनाको अस्पताल ल्याउँदा नै मृत्यु भएको थियो । १ को उपचारको क्रममा मृत्युभएको हो । अन्यको उपचार हुँदैछ ।’

 

प्रहरी स्रोतका अनुसार झडपमा घाइते भएका कपिलवस्तुको बाणगंगा नगरपालिका १० का ४८ वर्षीय रमेश परियारको भैरहवाको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको छ । बाटोमै मृत्यु भएकाहरुको पहिचान खुल्न बाँकी छ । उनीहरुमध्ये २ जना अन्दाजी ४० र एक जना २० वर्षका पुरुष छन् ।

चारै जनाको सब भैरहवा मेडिकल कलेजमा रहेको अस्पताल प्रशाशनले जनाएको छ । तर, रुपन्देहीका सुरक्षा अधिकारीहरुले यसलाई आधिकारिक पुष्टि गरेका छैनन् ।

तपाइँको प्रतिक्रिया