मंगलबार, असोज १६, २०८०

नेपालको मन्त्रीलाई निर्दर्शेन रक्सी खाने बानी त्याग्नुहोस्, महिलासँग जोडिएका कुनै कुराहरू सुन्नु नपरोस्

फ्ल्यासन्युज नेपाल२०७८ असोज २४ गते १६:२६

काठमाडौं । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्ना दलका नव नियुक्त मन्त्रीहरुलाई सल्लाहकार, पीएलगायतका राजनीतिक नियुक्ति गर्दा पार्टीसँग सल्लाह गरेरमात्रै गर्नुपर्ने निर्देशन दिनु भएको छ ।

आज पार्टीबाट नियुक्त मन्त्रीहरूलाई पार्टी केन्द्रीय कार्यालमा बोलाएर अध्यक्ष नेपालले आफ्नो पार्टीबाट नवनियुक्त मन्त्रीहरूलाई इमान्दारिता र कर्तव्य निष्ठाका साथ देश र जनताको हितमा काम गर्न निर्देशन दिनु भएको हो । निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिहरूबाट मुक्त हुन सचेत गराउँदै अध्यक्ष नेपालले मन्त्रीहरू रक्सी खाएर मात्तिए, बेलुका(बेलुका फाइभस्टार होटलमा गएर रक्सी खाइरहेका छन् र आफ्नो क्लाइन्टहरू सँग बसेर यिनै कुरा गरिरहेका छन् भन्नेकुरा सुन्नु नपरोस् भन्दै सचेत गराउनु भएको छ । उहाँले मन्त्रीहरुलाई रक्सी खाने बानी त्याग्न सुझाव दिंदै अरु आचरण, महिलासँग जोडिएका त्यस्ता कुनै कुराहरू सुन्नु नपरोस् । त्यस्ता व्यवहारहरू तपाईंहरूबाट नहोस् । यस कुरामा म जोड दिन चाहान्छु भन्दै निर्देशन दिनु भएको छ ।

तपाइँको प्रतिक्रिया