सोमबार, असोज १५, २०८०

धनुषामा एकै परिवारका ३ जनाको शव भेटियो

फ्ल्यासन्युज नेपाल२०७८ असोज २३ गते १३:४६

जनकपुरधाम । धनुषाको नगराइन नगरपालिकामा एकै परिवारका तीन जनाको शव फेला परेको छ ।

नगरपालिकाको वडा नम्बर ७ फुलगामा टोलकी २४ वर्षीया गुडिया साह, उनका ५ बर्षीय छोरा अभिषेक र ३ बर्षीय आदित्य साहको शव घरभित्रै फेला परेको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

 

उनका अनुसार गुडियाले दुबै छोरा हत्या गरी आफूले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । मृतक तिनै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको र अन्य अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए ।

तपाइँको प्रतिक्रिया