प्रधानन्यायाधीश जबराका जेठान बने मन्त्री
फ्ल्यासन्युज नेपाल२०७८ असोज २२ गते १५:३९
काठमाडौं । सत्तागठबन्धन दलसँग मन्त्रीमण्डल प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले समेत भाग पाउनु भएको छ । प्रधानन्यायाधशीको चोलेन्द्र शमशेर जबराको कोटाबाट उहाँका जेठान गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका छन् । हमाललाई मन्त्री बनाउने निर्णय भएको प्रधानमन्त्री देउवाको सचिवालयले पुष्टि गरेको छ ।
यसअघि प्रधानन्यायाधीशले मन्त्रीमा कोटा मागेको भन्दै हमालको नाम चर्चामा आएपछि बार र बेन्चबीच यस विषयमा तनाव समेत भएको थियो । सर्वोच्च अदालतले मन्त्रीमा कोटा नमागेको भन्दै विज्ञप्ति समेत जारी गरेको थियो । प्रधानन्यायाधीश जबराले हमाल काँग्रेसको नेता भएको हुनाले उनी मन्त्री हुनुमा आफ्नो हात नरहने धारणा सर्वोच्च बारसँगको बैठकमा बताउनु भएको थियो ।