शनिबार, असोज १३, २०८०

प्रधानन्यायाधीशले मन्त्री मागेको विषयमा कुनै सत्यता छैन: मन्त्री कार्की

फ्ल्यासन्युज नेपाल२०७८ असोज २२ गते १४:०९

सरकारले मन्त्रिपरिषदमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले  भाग मागेको भन्ने विषयमा कुनै सत्यता नरहेको बताएको छ । आज प्रतिनिधिसभाको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानन्यायाधीशले सरकारमा भाग मागेको भन्ने आएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।

 

सांसद सुवालको जवाफमा कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘प्रधान्यायाधीशले मन्त्रिपरिषदमा भाग मागेको भन्ने विषयमा सत्यता नरहेको भन्दै यस किसिमको भ्रममा नपर्न आग्रह गर्नु भएको छ । प्रधानन्यायाधीश जबराले मन्त्रीमण्डलमा भाग खोजेको भन्ने आरोप सहित अनलाइन पत्रपत्रिकाले समाचार लेखेका थिए । उक्त  आरोपा सत्यता नभएको भन्दै सर्वाेच्च अदालतले यस अघि प्रेस विज्ञप्ति जारी गर्दै स्पष्टिकरण दिइसकेको छ ।

तपाइँको प्रतिक्रिया