काठमाडौ महानगरमा दशैँलक्षित खोप कार्यक्रम आजदेखि
फ्ल्यासन्युज नेपाल२०७८ असोज २२ गते ११:०२
काठमाडौ । काठमाण्डौ महानगरपालिकामा आजदेखि दशैँलक्षित कोरोना विरुद्धको खोप कार्यक्रम सञ्चालन भएको छ ।
यसअघि खोप केन्द्र रहेका ३२ वटै वडाका खोप केन्द्र र केही थप गरिएका केन्द्रबाट आउने सोमवारसम्म १८ वर्षमाथिका सबै नागरिकलाई लक्षित गर्दै भेरोसेलको पहिलो मात्रा खोप कार्यक्रम सञ्चालन गरेको हो ।
खोप लगाउन जाँदा जनस्वास्थ्यको मापदण्डको पालना अनिवार्य गर्नुपर्ने छ ।
खोप लगाउनका लागि परिचय खुल्ने फोटोसहितको परिचयपत्र र विद्युतीय दर्ता नम्बरसहित नजिकको खोप केन्द्रमा जान महानगरपालिकाको आग्रह छ । खोप कार्यक्रम बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।