शैक्षिक मुद्धामा एमाले र माओवादी केन्द्रका विद्यार्थी संगठन एक ठाउँमा
काठमाडौं । नेकपा एमाले निटक अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष सुनिता बरालले देशको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष बरालले विद्यालय तहदेखि विश्वविद्यालय तह सम्मको शिक्षा जिवनोपयोगी नभएको भन्दै विद्यालय तहको शिक्षा जीवनोपयोगी र विश्वविद्यालय तहको शिक्षा विषय विज्ञ उत्पादन गर्नेगरी शिक्षा नीति बनाउनुपर्ने उहाँले बताउनुभयो ।
स्थानीय तहहरुले आफ्नो तहको स्रोत र साधन प्रयोगगरी स्थानीय आवश्यकतालाई ध्यान दिई विषय बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । विश्वविद्यालयको शैक्षिक क्यालेण्डरलाई चुस्त दुरुस्त बनाउँदै प्रविधिमैत्री विश्वविद्यालय बनाउनुपर्ने आवश्यकता रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।
उहाँले विद्यार्थी संगठनहरुले काम गर्ने शैली परिवर्तन गर्नुपर्ने बताउनुभयो । समय फेरिएको उल्लेख गर्दै उहाँले परिवर्तित समयानुकुल संगठनले भुमिका र कार्यशैली बदल्नुपर्ने बताउनुभयो ।
त्यस्तै माओवादी केन्द्र निटक अनेरास्ववीयू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले आगामी दिनमा शैक्षिक मुद्धामा केन्द्रीत हुनेमा जोड दिनु भएको छ । उहाँले विद्यार्थी संगनले पार्टीको एजेन्डा मात्र नभई सृजनात्मक र रचनात्मक रुपमा लैजानेमा जाोड दिनु भएको छ।