पार्टीमा बोल्न पाइँदैन भन्ने को हो ? नेता सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले विवाद समाधान गरेर जानुपर्छ भनेर आफूहरूले आवाज उठाए पनि पार्टीका कुरा बाहिर नलैजान संस्थापन पक्षका पदाधिकारीले नै उर्दी गर्ने गरेको आरोप लगाएका छन्। पूर्वमहामन्त्रीसमेत रहेका सिंहले अझै चार जिल्लाको क्रियाशील टुंग्याउन नसकेको अवस्था र पार्टीको विवाद बाहिर छताछुल्ल भइसकेको बेला पनि संस्थापन पक्षले गुपचुप बस भन्नु आश्चर्यलाग्दो विषय भएको बताए।
‘दम्भ देखायो भन्छन् हामीले के दम्भ देखाउने ?,’ चाक्सीबारीमा सञ्चारकर्मीसँग कुराकानीका क्रममा सिंहले भने, ‘दम्भ त जो पार्टी सत्तामा छ, संस्थापनमा छ उनीहरूले देखाएका छन्। केन्द्रीय कार्यालयमा कार्यकर्ता धर्ना बसेको ८० दिन नाघिसक्यो, यसमा कुरा उठायो भने पदाधिकारीहरू स्यालको हुइयाँजस्तो पार्टीको आवाज बाहिर उठाउन भएन भन्छन्।’
पार्टी पदाधिकारीहरूले बेलैमा क्रियाशील सदस्यताको विवाद हल गर्नुपर्नेमा त्यसो नगर्दा समस्या भइरहेको उनले बताए।
‘काम चाहिँ गर्न नहुने खालका गर्ने, कार्यकर्ताको मनोबल गिराउने काम गर्ने अनि हामीले यसो गर्न पाइँदैन भन्दा बोल्न पाइँदैन भनेर भन्ने तिनीहरू को हुन्रु यो पार्टीमा सबैको लगानी छ, पदमा पुगेँ भनेर चाकडी गर्ने र गुणगान मात्रै गाउने ?’