मंगलबार, असोज ९, २०८०

क्यानडाको ‘अवार्ड‘ मा नेपालीको मनोनयन

फ्ल्यासन्युज नेपाल२०७८ असोज १८ गते ९:४२

टोरन्टो। २०२१ को “पिलार कम्युनिटी लिडरशीप अवार्ड” का लागि नेपाली भाषी समाजसेवी – पत्रकार ज्योतिवैद्य मनोनयनमा पर्नु भएको छ।

क्यानडाको ओन्टारियो क्षेत्रमा कार्यरत ६ सय भन्दा बढी संस्थाहरुको नेटवर्क “पिलार” ले सन् २००६ देखि प्रदान गर्दै आएको यो पुरस्कारको मनोनयनमा पर्ने वैद्य पहिलो नेपाली भाषी हुनुहुन्छ ।

दुई हजार डलर राशी रहेको सो विधाको मनोनयनमा अन्य दुई गैर नेपाली भाषी लिरोय हिबर्ट र सारा लोम्यानपनि परेका छन् । मनोनयनमा परेका तीन व्यक्ति मध्येबाट एकलाई विजेताको रुपमा घोषणा गरिने छ । सोरकम विजेतालाई नभई विजेताले छानेका स्वयंसेवी संस्थालाई सोझै उपलब्ध गराइन्छ ।

“पिलार कम्युनिटीलिडरशिप अवार्ड” का लागि कार्तिक १५ ९ नोभेम्वर १ ० सम्म मतदान गर्न पाइन्छ भने यसको नतिजा मंसिर २गते ९ नोभेम्वर १८ ० प्रकासित हुनेछ ।

यस “पिलार” नेटवर्कले समाजमा सकारात्मक प्रभाव पार्न महत्वपूर्ण योगदान पुर्याउने व्यक्ति र संस्थालाईअवार्डका लागि योग्य ठानेर छनौट गर्ने गर्दछ । लिडरशिप विधाबाहेक नेटवर्कले “कम्यूनिटी इनोभेशन,” “कम्यूनिटी इम्प्याक्ट,” “ कम्यूनिटी कोलाबोरेशन,” र “ कम्यूनिटी च्वाईस,” का विधामा पनि पुरस्कार प्रदानगर्दछ।

ज्योति वैद्य बिगत ४० बर्षदेखि नेपाल र क्यानडामा रहेर सामाजिक क्षेत्रमा स्वयंसेवी नेतृत्वकारी भूमिका प्रदान गर्दै आउनु भएको एक परिचित नाम हो।

नेपालमा भूकम्पबाट क्षति भएका भौतिक संरचनाको निर्माणमा महत्वपूर्ण योगदान गरेको, क्यानडामा रहेकानेपाली भाषी भुटानीहरुका आधारभूत आवश्यकताको व्यवस्थापन, कोभिड १९ का बारेमा सचेतनाअभिबृध्दि, खोप व्यबस्थापन र खोप लगाउन अभिप्रेरित गरेको, क्यानडामा रहेका नेपाली तथा भुटानीहरुकोसांस्कृतिक तथा भाषिक क्षमता अभिबृध्दि गराउने लगायत अनेकौं क्षेत्रमा सफल नेतृत्व प्रदान गरेकोआधारमा वैद्य मनोनयनमा पर्नु भएको हो ।

अन्तर्राष्ट्रिय क्षेत्रमा एकजना नेपाली भाषी अवार्डको मनोनयनमा पर्नु एक गौरवको बिषय हो र यसबाटनेपाल र नेपालीलाई विश्वसामु परिचित बनाउन थप मद्दत पुग्ने मौका प्राप्त भएको देखिन्छ ।

नेपालको पंचायती व्यवस्थाका विरुद्ध तथा प्रजातन्त्र प्राप्तिका लागि निडर र निर्भिक भई “मातृभूमि“ साप्ताहिक पत्रिका प्रकाशन गर्ने सो पत्रिकाका संस्थापक (प्रधान सम्पादक, नेपाल पत्रकार महासंघका पूर्वसभापति स्व। गोबिन्द “वियोगी” का छोरा ज्योति वैद्यले सो पत्रिकाको कार्यकारी सम्पादक भएर पनि पत्रकारिताको क्षेत्रमा योगदान पुर्याउनु भएको छ ।

उहाँ नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सदस्य समेतहुनुहुन्छ ।

तपाइँको प्रतिक्रिया