दशैं लगत्तै बालबालिकालाई कोरोना खोप लगाउन सुरु गर्छाै स्वास्थ्यमन्त्री श्रेष्ठ
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैँलगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताउनु भएको छ ।
आज कान्ति बाल अस्पताललाई बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनले स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रेष्ठले १८ वर्ष मुनीका बालबालिका लागि एक करोड खोप आउने लागेको बताउनु भयो ।
४० लाख मोर्डना र ६० लाख फाइजर खोप खरिदको व्यवस्था गरिसकिएको र फाइजरको एक लाख मात्रा दशैँलगत्तै आउने जानकारी समेत गराउनु भएको छ ।
श्रेष्ठले कोभिड–१९ रोकथाम तथा नियन्त्रणको सम्बन्धमा मृत्यु भएका स्वास्थ्यकर्मीको बालबच्चालाई अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने आस्वासन समेत दिनु भएको छ। फाउण्डेशनले कान्ति बाल अस्पताललाई २५ वटा भेन्टीलेटर लगायतको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।