माओवादी निकट अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन
फ्ल्यासन्युज नेपाल२०७८ असोज १७ गते १०:५१
काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन भएकी छन् । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले विद्यार्थी संगठनको चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुम्पेको थियो ।
सोही अनुरुप आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् । क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह र सुरेन्द्र बस्नेत मुख्य दाबेदार थिए ।
नेतृत्व चयनको विषयमा छलफल गर्न अखिल क्रान्तिकारीका नेताहरु आज बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए ।