मंगलबार, असोज ९, २०८०

ओलीले धोका दिएपछि हेटक्वार्टरमा बमबारी गरे: प्रचण्ड

फ्ल्यासन्युज नेपाल२०७८ असोज १६ गते १५:१९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीले आफुलाई धोका दिएपछि हेटक्वाटरमै बमबारी गरेको बताउनु भएको छ । माओवादी प्रदेश सभा सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीले धोका र छलकपटको नीति लिएपछि आफूले पार्टीमा प्रस्तुत गरेका दस्तावेजबाट हेडक्वार्टरमा ‘बमबारी भएको बताउनु भयो ।

प्रचण्डले भन्नुभयो, ‘मैले पेश गरेको डकुमेन्ट भनेको बमवार्ड द हेडक्वाटर’ हो । जसरी माओत्सेतुङले बमबार्ड त बुर्जुवा हेर्डक्वाटर भनेर पार्टीकै लिडरसीपमाथि प्रहार गर्ने कुरा गर्नुभएको थियो, मैले पनि त्यस्तै गरेको हुँ ।’

एउटा प्रधानमन्त्री र आफ्नो पार्टीका अध्यक्षविरुद्ध विद्रोह गर्ने कुरा अलिकति गम्भीरै थियो । जे पनि हुन सक्थ्यो । तर, देश दुर्घटनामा पर्न नदिन मैले त्यो गर्नैपर्ने थियो उहाँले बताउनुभयो ।

ओली प्रधानमन्त्री हुँदाको ३ वर्ष आफू बालुवाटारको बन्द जस्तै भएको अनुभव साट्नु भएको प्रचण्डले माओवादी आन्दोलनको, जनयुद्धको कमाण्डर दिनदिनै जनयुद्ध, संघीयता र धर्मनिरपेक्षताविरोधी केपी ओलीसँग भेट्न जाँदा मलाई कस्तो भयो होला भन्दै प्रश्न समेत गर्नुभयो ।

तपाइँको प्रतिक्रिया