कांग्रेस भित्र व्यापक सुधारको खाँचो छ थापा
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले कांग्रेस भित्र सुधारको खाँचो रहेको औल्याउनु भएको छ। काठमाडौंको राष्ट्रिय सभा गृहमा काठमाडौं आज महानगरको नगर अधिवेशनलाई सम्बोधन गर्दै थापाले तलदेखि माथिसम्मको नेतृत्व सुधारे मात्रै कांग्रेसले जनताको मन जित्न सक्ने दाबी गर्नुभयो ।
१४ औं महाधिवेशनमा महामन्त्रीका दाबेदार समेत रहेका थापाले वडा, महानगर वा जहाँ निर्णय गरे पनि प्रत्येक निर्णयले अर्थ बोक्ने बताउनुभयो । कार्यक्रमका सहभागीहरुलाई प्रश्न गर्दै उहाँले पार्टीभित्र परिवर्तन चाहन्छौं कि चाहँदैनौं ? आज कांग्रेस जसरी चलिरहेको छ, यो ठीक छ ? यो यथास्थितिलाई हामी जोगाउन चाहन्छौं ? वा पार्टीभित्र एउटा ठूलो परिवर्तन चाहिएको छ भन्ने आम जनता र पार्टीका साथीहरुको तर्फबाट आएको सन्देशलाई यस्ता सम्मेलनको निर्णयबाट व्यक्त गर्न चाहन्छौं ? हाम्रो अगाडिको प्रश्न यो हो भन्दै प्रश्न गर्नु भएको छ ।
कांग्रेस जसरी कांग्रस चलेको छ । यसले कांग्रेसप्रति जनताको भरोसा दिलाउन नसक्ने बताउनु भएको छ। कांग्रेसभित्र ठूलो सुधारको खाँचो छ। ठूलो शुद्धीकरणको खाँचो छ। कांग्रेसलाई शुद्ध बनाउनुपर्ने छ, सुदृढ बनाउनुपर्ने छ। त्यसका लागि यो अधिवेशनलाई प्रयोग गर्नुपर्ने छ, उहाँले भन्नभयो । वडा, महानगर लगायत तमाम अधिवेशनबाट कांग्रेसलाई सुधारतर्फ लिएर जाने, सुदृढ बाटोमा लिएर जाने तर्फ संकेत गरास् । त्यसले एक कदम भने पनि अगाडि बढाओस ।
उहाँले आगामी निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगरी एक्लै बहुमत ल्याउने दाबी गर्नुभयो। ‘कसैसंग मिलेर होइन एक्लै लडेर अबको चुनाव जित्ने हो । कम्युनिष्ट, मधेसवादी वा राप्रपा कसैसंग मिल्ने होइन । उनीहरु मिले भने पनि जित्नसक्ने कांग्रेस बनाउन पार्टीभित्र सुधारको खाँचो रहेको टिप्पणी गर्नुभयो।