शनिबार, असोज १३, २०८०

ओलीको संयोजकत्वमा ७ सदस्यीय अध्यक्ष मण्डल घोषणा

फ्ल्यासन्युज नेपाल२०७८ असोज १५ गते १४:०५

नेकपा एमालेको विधान महाधिवशन सुरु भएको छ । एमाले विधान महाधिवेशन उद्धघाटन सत्रबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सात सदस्यीय अध्यक्ष मण्डलको घोषणा अनुमोदन गरेको छ ।

उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ७ सदस्यीय अध्यक्ष मण्डल घोषणा र अनुमोदन गरिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्यहरू रामबाहादुर थापा, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा रहेको अध्यक्ष मण्डल गठन गरिएको छ ।

त्यस्तै, विधान महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनहरूमाथि प्रतिनिधिले पेस गर्ने सुझाव संकलनका लागि प्रतिवेदन सुझाव संकलन समिति, विधान महाधिवेशनका सूचना प्रचार प्रसारका लागि प्रचार व्यवस्थापन समिति पनि गठन गरिएको छ ।

 

 

तपाइँको प्रतिक्रिया