सोमबार, असोज १५, २०८०

अमेरिकी पुनरावेदन अदालतले बाइडेन प्रशासनलाई स्वास्थ्य कानून अन्तर्गत परिवारहरुलाई निष्कासित गर्न अनुमति

फ्ल्यासन्युज नेपाल२०७८ असोज १५ गते १०:०२

अमेरिकी पुनरावेदन अदालतले बाइडेन प्रशासनलाई स्वास्थ्य कानून अन्तर्गत परिवारहरुलाई निष्कासित गर्न अनुमति दिएको छ ।

एक संघीय पुनरावेदन अदालतले बिहीबार अस्थायी रूपमा बाइडेन प्रशासनको अनुरोधलाई अनुमति दिदै सार्वजनिक स्वास्थ्य आदेशको उपयोग जारी राख्नको लागी अमेरिकाको सीमामा रोकिएका बच्चाहरुसंग आप्रवासीहरुलाई चाँडै निस्कासन गर्न स्वीकार गरेको छ ।

अमेरिकी तल्लो अदालतले बाइडेन प्रशासनलाई बिहीबार सम्म कानूनको उपयोगलाई सीमित गर्नको लागी समय दिईएको थियो । जबकि अध्यागमन र कानूनी वकिलहरु यसको बिरुद्ध मुद्धामा अघि बढेका थिए भनि लस एन्जेलस टाइम्सले समाचार लेखेको छ ।

ट्रम्प प्रशासनले १९४४ स्वास्थ्य कानून लागू गरेको थियो । जसलाई ४२ शीर्षकको नामले चिनिन्छ । जसको अर्थ मानिसहरु अमेरिका प्रवेश गर्नबाट रोक्नको लागी कोरोनाभाइरस फैलने कारण मुख्य रुपमा देखाएको थियो।

ट्रम्प प्रशासन भन्दा पहिले आप्रवासीहरु जसले अमेरिका पसेर शरण वा अन्य मानवीय सुरक्षाको खोजी गरेका थिए । उनीहरुलाई रोकेर राखिएको थियो । आप्रवासीहरु अदालतको निर्णयमा प्रतिक्षारत थिए भने राष्ट्रपति ट्रम्पको नेतृत्वमा धेरैजसो मेक्सिकोमा पर्खन बाध्य भएका थिए ।

शीर्षक ४२ को आह्वान गरेर आप्रवासन अधिकारीहरुले शीघ्र आप्रवासीहरुलाई उनीहरुको मुद्दा पेश गर्न नै नदिई अनुमति बिना नै निष्कासित गर्न सक्छन ।

तपाइँको प्रतिक्रिया