नेपाल-चीन सीमाबारे समितिले प्रतिवेदन बुझायो, अध्ययन गरी कार्यान्वयन गर्ने गृहमन्त्रीको प्रतिवद्धता
फ्ल्यासन्युज नेपाल२०७८ असोज १० गते १८:४३
काठमाडौं । नेपाल–चीन सीमाबारे लिमी लाप्चादेखि हिल्सासम्मको सीमा अध्ययन गर्न गठन गरेको समितिले प्रतिवेदन बुझाएको छ ।
गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले प्रतिवेदन बुझाएका हुन् । समितिले स्थलगत अध्ययन गरेर ल्याएको प्रतिवेदन अध्ययन गरी कार्यान्वयन गर्न पहल गर्ने गृहमन्त्री खाणले प्रतिवद्धता जनाए । अध्ययन टोलीमा टोलीमा नापी विभागका उपमहानिर्देशक सुशील डंगोल, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक प्रदीप कुमार पाल र राष्ट्रिय अनुसन्धान विभागकका सहअनुसन्धान निर्देशक कुशोरकुमार श्रेष्ठ सदस्य रहेका थिए ।
मन्त्रिपरिषद् बैठकले गत भदौ १६ मा सीमा अध्ययनका लागि समिति बनाएको थियो ।