सोमबार, असोज १५, २०८०

राजनीति दल सम्बन्धी अध्यादेश फिर्ता लिएपछि मात्रै मन्त्रीपरिषदले पूर्णता दिने सहमती

फ्ल्यासन्युज नेपाल२०७८ असोज १० गते १४:११

काठमाडौं। सरकारले ल्याएको राजनीति दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लिएपछि मात्रै मन्त्रीपरिषद विस्तार हुने भएको छ। आज बसेको सत्ता गठबन्धन दलहरुबीचको बैठकले एक दुई दिन भित्र मन्त्रीपरिषदको बैठक बसेर राजनीति दल सम्बन्धी अध्यादृश फिर्ता लिने सहमती भएको हो।

प्रधानमन्त्री शेर बहादुर देउवाले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम मागेसँगै गठबन्ध दलहरुका नेताहरु राजनीति दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लिनु पर्ने अडान राख्नु भएको थियो। प्रधामन्त्री र सत्ता गठबन्धबीच अबको एक दुई दिनमा उक्त अध्यादेश फिर्ता लिएर मन्त्रीपरिषद विस्तार गर्ने छलफल भएको बताइएको छ।

 

तपाइँको प्रतिक्रिया