मंगलबार, असोज १६, २०८०

रोकिएको सरकारी खर्च आज नियमित हुँदै

फ्ल्यासन्युज नेपाल२०७८ असोज ८ गते १०:३९

काठमाडौं । विगत ८ दिनदेखि रोकिएको बजेट खर्च आजबाट नियमित हुने भएको छ ।चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट हिजो प्रमाणीकरण भएपछि बजेट खर्चको बाटो खुलेको हो ।

प्रतिनिधिसभा र राष्ट्रियसभामा नेकपा एमालेको नाराबाजीबीच विनियोजन विधेयक पारित भएपछि प्रमाणीकरणका लागि सभामुखले हिजो राष्ट्रपतिसमक्ष पठाएका थिए ।

हिजो साँझ बजेट विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

आजबाट सरकारलाई खर्च गर्न सजिलो भएको अर्थमन्त्रालयका प्रवक्ता महेश आचार्यले जानकारी दिए।

गत जेठ १५ गते तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको बजेटलाई वर्तमान सरकारले प्रतिस्थापन विधेयकमार्फत संशोधन गरेको थियो ।

तपाइँको प्रतिक्रिया