जनताको बहुदलिय जनवादलाई आत्मसाथ गर्न चाहान्छौं: नेपाल
फ्ल्यासन्युज नेपाल२०७८ असोज ७ गते १४:०४
काठमाडौं । नेकपा (एकिकृत समाजवादी पार्टी )का अध्यक्ष माधव कुमार नेपालले जनताको बहुदलिय जनवाद मान्न तयार रहेको बताउनु भएको छ। आज नेकपा एस पार्टी निकट युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारी जस्ता नेताहरुको जीवनबाट प्रेरणा लिएर आफ्नो पार्टी अघि बढ्ने बताए।
उहाँले भन्नुभयो, जनताको बहुदलीय जनवादलाई हामीले आत्मासात गर्न चाहन्छौं । र त्यसको मूल्य र मान्यताको रक्षा गर्न चाहन्छौं । विश्वका विभिन्न देशहरुमा कम्युनिष्ट पार्र्टीहरुमा एकसे एक नेताहरुको उदय भएको छ । र उनीहरुको महत्वपूर्ण भूमिकाले त्यो देशको कम्युनिष्ट आन्दोलन निरन्तर रुपमा अगाडि बढेको छ ।