शनिबार, असोज १३, २०८०

सत्ता गठबन्धनको बैठक बस्दै मन्त्रीमण्डल विस्तारबारे निर्णायक सहमती हुने

फ्ल्यासन्युज नेपाल२०७८ असोज ७ गते ९:५९

काठमाडौं । मन्त्रिपरिषद विस्तारमा सहमति जुटाउन सत्तारूढ गठबन्धनमा रहेका दलहरूको बैठक आज पनि बस्दै छ ।

यसअघि हिजो बसेको बैठकमा सहमति जुट्न नसकेपछि आज पनि गठबन्धनको बैठक बस्न लागेको हो । बैठक अपरान्ह बस्ने तयारी भैइरहेको छ ।

सरकार गठन भएको दुई महिनाभन्दा बढी समय भइसक्दा पनि देउवा नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन् ।

आजको बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई तथा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायत नेता सहभागी हुने बताईएको छ ।

तपाइँको प्रतिक्रिया