शनिबार, असोज १३, २०८०

एमालेले कार्बाही गरेका नेकपा एसका सांसद विरुद्ध सर्वाेच्चद्वारा अन्तरिम आदेश दिन अस्विकार

फ्ल्यासन्युज नेपाल२०७८ असोज ५ गते १५:४८

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले कानून बमोजिम प्रक्रिया पुर्याएर निष्कासन गरेका माधव नेपालसहित १४ सांसद र लुम्बिनीका २ प्रदेशसभा दुईए सहित १६ जनालाईे पदमुक्त नगरेको र उनीहरुकै हस्ताक्षर सनाखत गरेर नयाँ दल दर्ता भएको भन्दै सर्वाेच्चमा रिट दायर गर्नु भएको थियो ।

उक्त मुद्धामा सर्वाेच्च अदालतका न्यायाधीशद्वय दिपक कार्की र कुमार चुँडालको संयुक्त इजलासको संयुक्त इजलासले अन्तरिम ओदश दिन अस्वीकार गरेको हो ।

साथै सर्वाेच्च अदालतले निर्वाचन अयोग, संघीय संसद सचिवालय र लुम्बिनी प्रदेश सचिवालयबाट फाइल मगाउन आदेश दिएको छ ।

रिटमा सुनुवाइ गर्दै न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासले निर्वाचन आयोगको भदौ ९ गते गरेको निर्णयको फाइल, सभामुख अग्नि सापकोटाले भदौ १३ गते गरेको निर्णयको फाइल मगाउन आदेश गरेको हो।

त्यस्तै लुम्बिनी प्रदेश सभाका सभामुखबाट भएको निर्णय र लुम्बिनी प्रदेश सभा सचिवालयबाट भदौ ४ गते भएको पत्राचार सम्बन्धी सक्कल फाइल पनि मगाउन सर्वोच्च आदेश गरेको छ।

तपाइँको प्रतिक्रिया