नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजका सहभागी नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ । मंगलबार विहान त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल आइपुगेको क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघका पदाधिकारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
अल अमिरात क्रिकेट मैदानमा भएको सिरिजको चार खेलमा नेपालले दुई जित निकालेको छ । नेपालले अन्तिम खेलमा ओमानलाई सात विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा नेपाल ओमानसँगै पाँच विकेटले पराजित भएको थियो । पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो भने तेस्रोमा तेस्रो खेलमा अमेरिकासँगै छ विकेटले पराजित गरेको थियो । ओमानलाई हराएपछि नेपाल लिग टु को चौंथो स्थानमा समेत उक्लिएको छ ।
नेपालले ८ खेलमा ८ अंक जोडेको छ । ओमान १३ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा छ ।