नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज बस्दै
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक आज बस्दै छ । नेकपा एमालेवाट अलग भएपछि पहिलोपटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । करिब एक महिना अगाडि एमालेबाट अलग भएको समाजवादीले पार्टीको बैधानिकता पाएको थियो ।
बुधबारसम्म बस्ने बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, देशभर सङ्गठन विस्तारका लागि आवश्यक रणनीतिमा छलफल हुनेछ । बैठकमा पार्टीका विभिन्न विभाग, जनवर्गीय सङ्गठन, सम्बन्धित आयोगका गठन, पुनः गठन, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक छलफल गरिने नेताहरुले बताएका छन । सरकारलाई सफल बनाउन पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, सरकारमा सहभागिताको विषय, राजनीतिक सङ्गठन प्रबर्द्धनका लागि राष्ट्रियस्तरमा के कसरी अभियान सञ्चालन गर्ने भन्ने विषयपनि छलफलका एजेण्डा छन ।
बैठकले केही नेताको विभाग हेरफेर गर्ने केही नेतालाई नयाँ जिम्मेवारी तोक्नेछ । बैठकमा १ सय १३ केन्द्रीय सदस्य सहभागि हुनेछन ।