मंगलबार, असोज १६, २०८०

माओवादी केन्द्र विस्तारै एमालेकरण हुँदै गएकोमा प्रचण्डको चिन्ता बढेको छ: प्रचण्ड

फ्ल्यासन्युज नेपाल२०७८ असोज ४ गते १३:३७

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता बढेको बताएका छन् ।

आज सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टीमा विस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता भएको बताएका हुन। उनले नेकपा माओवादी केन्द्र पनि विस्तारैविस्तारै व्यवहारमा एमालेको नेताको जस्तै व्यवहार देखिन थालेकाले चिन्ता बढाएको बताए ।

उनले समाजको विकास र न्यायको निम्ति पनि पार्टी र हामीहरुलाई रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताए । अध्यक्ष प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निरंकुशता थाहा पाए पनि केही साथीहरुले आफूलाई आत्मसमर्पण गरेको बताए ।

उनले नेकपा एमालेले मदन भण्डारी र एमालेको लोगो भएपछि एमाले भनिरहेको भन्दै एमालेको कुनै सिद्धान्त नरहेको बताउनुभयो । कार्यक्रममा अध्यक्ष प्रचण्डले थोरै मिहेनत गरे नेकपा माओवादी केन्द्र अबको चुनावमा पहिलो नम्बरमा आउन सक्ने दाबी गर्नुभयो । उहाँले माओवादी केन्द्रले मात्रै साँचो अर्थमा समाजवादी क्रान्तिको रणनीतिमा देशलाई अघि बढाउन सक्ने दाबी गरे ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘समाजवादी क्रान्ति अघि बढाउनको लागि विकास समृद्धिको यात्रा हुँदै न्यायसहितको एउटा नयाँ समाज निर्माणको निम्ति हाम्रो पार्टीले आफूलाई रुपान्तरण गर्नैपर्छ, हाम्रो पार्टी विस्तारै विस्तारै एमालेकरण हुनथाल्यो, यस्तै भइरहने हो भने मैले भनिसकेको छु पार्टी छ नभने हुन्छ, मैले पार्टी सकिदिने भन्न खोजेको होइन, जनताको चाहनाअनुसार नचल्ने हो भने यस्तो सिद्धान्तहीन पार्टी चलाएर के काम भन्न खोजेको हो ।’

अध्यक्ष प्रचण्डले भन्नुभयो–‘तर यो पनि मैले भनिरहेको छु कि नेकपा माओवादीले नै जनता र समाज साथै समाजवादी क्रान्तिको रणनीतिमा आफूलाई अघि बढाउँछ, नेकपा माओवादी नाम त छ, विज्ञापन जस्तो तर जनयुद्ध लड्ने योद्धाहरु भ्नेर चिनिनुपर्ने ठाउँमा चिनिदैनन्, नाम छ, तर काम हेर्दा जनताले छुट्याउन सक्दैनन्, को कांग्रेस को माओवादी, को एमाले ? त्यसैले हामीले थोरै मिहेनत ग¥र्यौं भने अब आउँदो चुनावमा एक नम्बर हुने सम्भावना छ ।’

अध्यक्ष प्रचण्डले अब फेरि एकपटक सम्पूर्ण कम्युनिष्टहरुले सोच्नुपर्ने बेला आएको बताए । उन कम्युनिष्टहरुले नेतृत्व नगरे अरुले बिगार्ने मात्रै देखिएको भन्दै सबै कम्युनिष्टहरुले आँखा चिम्लेर भएपनि देश र जनताको लागि सोच्नुपर्ने बताए ।

तपाइँको प्रतिक्रिया