१२ जना कोरोना संक्रमितको मृत्यु
फ्ल्यासन्युज नेपाल२०७८ असोज ३ गते १६:३४
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आइतबार देशभर गरी ६५६ जना संक्रमित थपिएका हुन् । हालसम्म संक्रमितको संख्या ७ लाख ८४ हजार ५६६ पुगेको छ ।
यस्तै २४ घण्टामा १ हजार ४१३ निको भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या ७ लाख ४९ हजार २१३ रहेको छ । हालसम्म पीसीआर परीक्षण ४० लाख ९३ हजार १०० पुगेको छ । सक्रिय संक्रमितको संख्या २४ हजार ३१३ र २४८ जना क्वारेन्टाइनमा रहेका छन् ।