अमेरिकाबाट पहिलो पटक ४ जना आम नागरिक अन्तरिक्षमा गै पृथ्वीमा फर्केर इतिहास रचे
अमेरिकाबाट पहिलो पटक ४ जना आम नागरिक अन्तरिक्षमा पुगी पृथ्वीमा फर्केका छन् । स्पेसएक्सको अन्तरिक्ष यानको यात्रा गर्दै सकुसल र सफलतापूर्वक उनीहरु पृथ्वीमा आई पुगे ।
अहिले सम्म पृथ्वीबाट यसरी यति टाडा जाने उनीहरुनै पहिला भएका छन् । आम नागरिक अर्थात् धनाड्य व्यवसायीहरु पैसा तिरेर अन्तरिक्ष पुगेर सेप्टेम्बर १८ शनिबारका दिन अमेरिकाको पूर्वीय समय ७ बजे प्यारासुट९वायुच्छत्र०बाट उत्रेका हुन् ।
३ दिनको अन्तरिक्ष यात्रा पछि फ्लोरिडाको समुन्द्रतटमा उत्रेका हुन् । उक्त अन्तरिक्षयान १७,५०० माइल प्रति घन्टाको रफ्तारमा चलि रहेको अवस्थाबाट प्याराशुटमा आउन भन्दा अगाडी ३५० माइल प्रति घण्टामा झरेको थियो । त्यस पछि फेरी ११९ माइल प्रति घण्टाको रफ्तारमा समुन्द्रमा खसेको थियो ।
स्पेसएक्सको इन्सपाईरेसन४ मिसननामक उक्त अन्तरिक्षयानले एक इतिहास बनाएको छ । उनीहरु अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष भन्दा पनि माथि पुगेका थिए । उनीहरु ४ जना व्यवसायिक अन्तरिक्ष यात्री हैनन भनि एबिसीन्युजले समाचार लेखेको छ ।
उक्त अन्तरिक्षयानमा ३८ बर्षिय अजरेड इज्याकम्यान अर्बपति गएका थिए । उनि अनुभवी बिमान चालक हुन् भने उनले ४ वटा स्थान९सिट०को लागि २२० मिलियन डलर खर्च गरेका थिए ।
उक्त अन्तरिक्षयानमा २९ बर्षि,५१ बर्ष र ४१ बर्षका व्यक्तिहरु गएका थिए ।