पार्टीलाई बलियो बनाउन सहमती र सहकार्यका साथ सभापतिमा मेरो उम्मेद्वारी हुन्छ: शाह
रीता शाही
बाजुरा । नेपाली कांग्रेस महाअधिवेशन प्रतिनिधि चक्र बहादुर शाहले कांग्रेसको जिल्ला सभापतिमा आफ्नो उम्मेदवारी रहने घोषणा गरेका छन् । कांग्रसको आशन्न १४ महाअधिवेशन र ७ ओैँ जिल्ला अधिवेशन सहमति र सहकार्यका साथ आफ्नो उम्मेद्वारी रहने बताएका हुन्।
जिल्ला सदरमुकाम मार्तडीको हिलटप होटलमा पत्रकार सम्मेलनको आयोजना गर्दै शाहले १४ औं अधिवेशन सहमति र सहकार्यको आधारमा अधिवेशन सम्पन्न हुनु पर्नेमा जोड दिएका छन् । लामो सयमदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका शाहले नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्नु पर्ने बताए। गुटबन्दीको राजनीतिले कहिले पार्टी बलियो नहुने बताउँदै पार्टी बलियो बनाउनको लागि सहमति सहकार्यको नै आवश्यकता रहेको नेता बताए।
कांग्रेस लोकतान्त्रीक पार्टी भएकोले गुटउपगुट मौलाउँदै गएकाले समयमै चनाखो हुनुपर्ने बताए । कांग्रेस राजनीतिमा ३३ वर्ष बितिसक्दा पनि आफू कहिले गुटबन्दीको राजनीति नगरि कांग्रेस पार्टीको हक हितका लागि आवाज उठााउँदै आएको दाबी गरे । शाहले कांग्रेसका अग्रज नेता कार्यकर्ताको मनसायकै आधारमा आफू सभापतिको उम्मेद्वार रहेको दाबी गरे।
लामो समयदेखि आफू निर्माण व्यवसायमा समेत संग्लन भएकाले राजनीतिलाई व्यवसाय नभई समाजसेवाको रुपमा बुझेको बताउँदै आफू पार्टी सभापती भए युवा लक्षित कार्यक्रमहरु गर्ने, जिल्लामा नै रोजगारीको व्यवस्था गर्ने र आर्थिक सबलीकरणका कार्यक्रममा नीतिगत रुपमा जोड दिने बताए । आफु गुटको उम्मेदेवार नभई साझा उम्मेद्वार भएकाले जिल्लाका अग्रज नेता जनक राज गिरी, बद्री पाण्डे, देबराज जोशी लागयत सबै अग्रज नेताहरुसँग छलफल भएकाले सहमतीका आधारमै उम्मेदवारी घोषणा गरेको बताए ।
अबको नेतृत्व युवाले लिनुपर्छ भनेर आफू विगतदेखि भन्दै आएको र युवाहरु अरु कोही सभापतिको लागि उम्मेदवारीमा चासो नदेखाएपछि युवालाई समेट्नु पर्छ भन्ने उदेश्यले आफुले उम्मेदवारी घोषणा गरेको नेता शाहले बताए । अबको राजनीति पुस्तान्तरण हुनु आवश्यक रहेको बताउँदै उनले अग्रजलाई सम्मान गर्दै युवालाई नेतृत्वमा ल्याउनु पर्नेमा जोड दिए। युवा नेतृत्वको लागि सहमतिको आधारमा भएन भने नि आफू चुनावी प्रकृयामा पनि जान तयार रहेको नेता शाहले बताए ।
चुनावमा आफुले जितेनि पार्टीलाइ सक्रिय रुपमा अगाडि बढाउने र चुनामा हारे पनि प्रजातान्त्रिक पार्टी भएकोले बिजयी सभापतिलाई हार्दिकतासाथ सम्मान रहने बताए । चियापान तथा पत्रकार भेटघाट ओैपचारिक कार्यक्रमको संचालन बिद्यार्थी नेता चक्र जोशीले गरेका थिए । कार्यक्रममा उपस्थिति नेता तिलक पुरी ,महाअधिवेशन प्रतिनिधि राधिका सिह , बडिलिका नगरपालिका उ मेयर कविता विष्ट , पार्टीका पुर्व सहसचिव राजेन्द्र शाह बिद्यार्थी जिल्ला समिति सदस्य भिम रौँले , सुरेन्द्र सिह ,नेता बिरेन्द गिरि ,योगेन्द रावल गोरख रौले लगायत जिल्लामा आबद्ध पत्रकार नेता कार्यकर्ताको उपस्थित रहेको थियाे।