लुम्बीनी प्रदेशका पूर्वमुख्यमन्त्री पोखरेल सहित चारजना विरुद्ध अपहरण तथा शरिर बन्दकको मुद्धा दायर
काठमाडौं । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेल सहित चार जनाविरुद्ध प्रदेश सभासदस्य विमला कुमारी खत्री वलीले अपहरण तथा शरीर बन्धक सम्बन्धी किटानी जाहेरी दिनु भएको छ ।
गत श्रावण १५ गतेदेखि ५ दिनसम्म दाङबाट ल्याएर बन्धक बनाएकोले अपहरण तथा शरीर बन्धक सम्बन्धी कानुनअनुसार कारबाहीको माग गर्दै खत्रीले किटानी जाहेरी दिएकी हुन् ।
जाहेरीमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई हदैसम्मको कारबाही माग गरिएको छ ।
वलीले बुटवलमा किटानी जाहेरीका लागि पत्र बुझाएको पुष्टि भएको छ । वलीले दिएको उजुरीअनुसार अदालतले कसुर ठहर गरेमा पोखरेलसहित ४ जनालाई ७ वर्षदेखि १० वर्षसम्म कैद र सत्तरी हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने मुलुकी अपराध संहिता २०७४ को व्यवस्था छ ।