शाहीको पहलमा बाजुराका पहिरो पीडित परिवारलाई राहत वितरण
बाजुरा । सामाजिक अभियान्ता रीता शाहीको पहलमा बाजुराका पहिरो पीडितलाई राहत वितरण गरिएको छ। बाजुरा बडिमालिका नगरपालिका वडा नम्बर १ का २२ परिवारलाई राहत मंगलबार राहत गरिएको हो ।
बडिमालिका पाटाका पहिरो पीडित परिवारलाई २१ बोरा तीस केजी चामल ,नुहाउने साबुन ,लुगा धुने साबुन ,भुजा, १ केजि नुन गरेर ५२ हजार बराबरको राहत वितरण गरेको सामाजिक अभियान्ता शाहीले जानकारी दिएकी छन्।
वर्षाे देखि पहिरोले विस्तावित बनेका २२ परिवारलाई वडा नम्बर एकका वडाध्यक्ष राम बहादुर कार्किले अभियान्ता शाहीलाई राहतको लागि पहल गरिदिन अनुरोध गरे पछि अमेरिकामा बस्ने सामाजिक अभियान्ता शिव सिलवालको पहलमा अमेरीकाबाट आर्थिक संकलन गरेर पठाए पछि उक्त रकमको राहत वितरण गरेको शाहीले बताएकि छन् ।
राहत हस्तान्तरण बडिमालिका नगरपालिका १ का वडा अध्यक्ष राम बहादुर कार्कीको हातबाट हस्तान्तरण गरिएको छ स्थानीयले यति ठुलो सहयोग गरेको भन्दै सहयोगी दाता र अभियान्ता शाहीलाइ धन्यवाद दिएका छन् ।