एमाले सुदुरपश्चिम प्रदेश इन्चार्जमा भट्ट, रावल भने असन्तुष्ट
नेकपा एमाले सुदुरपश्चिम प्रदेश इन्चार्जमा लेखराज भट्ट नै कायम हुने भएका छन् । एमाले अध्यक्ष ओलीलाई आज बालकोटमा बोलाएर सुदुरपश्चिम प्रदेश इन्चार्जमा भट्ट नै रहने भन्दै रावललाई उपाध्यक्षको भूमिकामा रहन निर्देशन दिनु भएको हो ।
ओलीले रावललाई बालकोट बोलाएर रावलले समन्वय गर्नै र भट्ट इन्चार्जमा रहने बताउनु भएको हो। त्यस्तै अध्यक्षमा कर्ण बहादुर थापा कायमै नै रहनु भएको छ । तर ओलीको उक्त कदम प्रति भीम रावलले असन्तुष्टि जनाउनु भएको छ । रावलले अन्य प्रदेशमा भने यथावत राखेको र सुदुरपश्चिम प्रदेशमा मात्रै परिवर्तन किन भन्दै प्रश्न गर्नुभएको थियो ।
छलफलमा रावलले भने आफू अन्यायमा परेको बताएका थिए । ‘सबै ठाउँमा जेठ २ कार्यान्वयन भयो सुदूरपश्चिममा मात्रै किन नहुने ?’ उनले ओलीलाई भनेका थिए ‘ममाथि अन्याय हुँदैछ । ’
रावललेको प्रश्नमा ओलीले जेठ २ हुबहु लागू हुन नसक्ने बताएका थिए । ‘एमाले जेठ २ पनि हो जेठ ३ पनि हो र फागुन २३ पनि हो’ ओलीको भन्नु भएको थियो । ओलीले संकटमा पार्टी जोगाउन भूमिका खेलेकाहरुमाथि अन्याय हुन दिन्नँ भन्दै जवाफ दिनु भएको थियो ।
गएको फागुन २३ गते भट्ट इन्चाजको भूमिका तोकिएको थियो । विगतमा तयार भएका कमिटी र तोकिएका जिम्मेवारीहरू पनि सबै हेरफेर हुन नसक्ने भन्दै ओलीले भन्नु भएको थियो । छलफलमा उपाध्यक्ष रावलसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, नेताहरू सुवास नेम्वाङ तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापालाई तथा लेखराज भट्टलाई ओली बालकोटमा बोलाउनु भएको थियो ।