मंगलबार, असोज १६, २०८०

एमसीसी पास हुँदैन: प्रचण्ड

फ्ल्यासन्युज नेपाल२०७८ भदौ २२ गते १६:४६

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग मिलिनियम, च्यालेन्ज कर्पाेरेसन (एमसीसी) पास नहुने बताउनु भएको छ।

आज अनुप पार्टी प्यालेस नेकपा माओवादी केन्द्रको भातृसंगठन योङ, कम्युनिष्ट लिग (वाइसियल)को पहिलो केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भयो। हामीले अमेरिकालाई कुटनीतिक नोट पठाएका छौं। त्यसको जवाफ आएन। जवाफ नआएपछि एमसीसी पास हुने कुरा हुँदैन उहाँको भनाईलाई उदृत गर्दै स्रोतले जनाएको छ।

अध्यक्ष प्रचण्डले राष्ट्र र राष्ट्रियता माथि प्रश्न उठ्ने कुरामा माओवादीले कुनै पनि हालतमा सहमती नगर्ने बताउनु भएको छ ।
वाइसिएलको बैठकले सुमन देवकोटालाई संयाोजक र सुबोधराज प्याकुरेललाई सहसंयोजक तोकेको छ।

तपाइँको प्रतिक्रिया