मोदीको पुत्ला दहन गरेको भन्दै सरकारको आपत्ती
काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको भन्दै सरकारले आपत्ती जनाएको छ । गृहमन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै मित्र राष्ट्रको प्रतिष्ठामा आच आउने गरि नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने,पुत्ला दहन गर्ने कार्य प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केही दिन अघि रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पस अगाघि माधव नेपाल नेतृत्वको नेकपा –एकिकृत समाजवाादी ) पार्टीको विद्यार्थी संगठन अनेरास्ववीयूले महाकाली नदीमा तुइन काटेर वेपत्ता बनाएका जयसिंह धामीको न्यायको माग गर्दै भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेको थियो ।
धामी वेपत्ता भएको महिनौं पुग्दो कुटनीतिक पहल गर्न नसकेको सरकारले भारत सरकारसँग लाचार बनेको बन्दै सामाजिक सञ्जालमा आक्रोश व्यक्त भइरहेको छ । गत शुक्रबार मात्र गृहमन्त्रालयले एमसीसीको विरोध नगर्न भन्दै चेतावनी सहितको विज्ञप्ति निकालेको थियो ।